१४ बैशाख २०८१, शुक्रबार

सके राम्रो गर्छु, नसके नराम्रो गर्दिन : मुख्यमन्त्री गिरी
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताएका छन। आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने गिरीले प्रतिबद्धता समेत जनाएका छन।

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तकको बुटवलमा आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले मुख्यमन्त्रीको कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन।

आफूलाई राम्रो कामका लागि आफूलाई बेलाबेलामा झकझकाउन अनुरोध गर्दै जुन कामका लागि लाग्छु, त्यसमा दत्तचित्त भएर लाग्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिने पनि उनले बताए ।

नेपालमा बनेका सरकारहरू टिक्न नसक्नुको कारणबारे खोजी गरी समस्या समाधानमा लाग्नुपर्ने गिरीले बताए आन्तरिक राजनीति मात्र नभई भूराजनीतिको पनि प्रभाव छ कि ? जस्ता गहन विषयको पनि सूक्ष्म अनुसन्धानमा लेखकहरू लाग्नु आवश्यक छ उनले भने ।

मुख्यमन्त्रीले सत्ता सङ्घर्ष पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरे पनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गर्दै यो पुस्तकलाई आधार मानेर अर्को अनुसन्धानमूलक पुस्तकका लागि लेखकलाई आग्रह गरेका छन।

मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसको पछाडिको कारण विषयमा पनि खोजी हुनुपर्नेमा जोड समेत दिए । त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा (माओवादी केन्द्र) की नेतृ सोनिया यादव, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईलगायतले सत्ता सङ्घर्ष नामक पुस्तकले सत्ताको अहिलेको यथार्थ अवस्थाको चित्रण गरेको बताए ।

पुस्तकमा लेखकले ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटेका छन्।

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech