६ जेष्ठ २०८१, आईतवार

नेपालगञ्जमा भलिबल आयोजना हुँदै
  • न्युज मानसराेवर

बाँके\नेकपा (माओवादी केन्द्र)ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

२७ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ र २ गते बाँके जिल्लामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने सो पार्टीका नेपालगञ्ज अध्यक्ष रतन शाहीलेजानकारी दिएका छन।

अध्यक्ष शाहीका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट स्टाइकरलाई जनही तीन हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।  प्रतियोगितामा तीनवटै विभागीय टोलीसँगै अन्य राष्ट्रियस्तरका टोलीलाई पनि सहभागी गराउने योजना छ ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech