२६ बैशाख २०८१, बुधबार

तुलसी बहुमुखी सहकारीका सञ्चालक पक्राउ
  • न्युज मानसराेवर

विराटनगर\विराटनगरको ठूलो सहकारीको रुपमा चिनिएको तुलसी बहुमुखी सहकारीका सञ्चालक पक्राउ परेका छन् । बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको हो ।

बचत गरेको रकम साँवा र ब्याजसहित दिनुपर्ने माग राख्दै निरन्तर रुपमा निक्षेपकर्ताहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले सहकारीका उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङमा निक्षेपकर्ताहरुसँग प्रशासनको छलफल भएको थियो । ‘छलफलमा ढिलोमा पाँच दिनसम्म अवधि पूरा भएको निक्षेपकर्ताहरुको रकम फिर्ता दिएमा पक्राउ परेका सचिव र उपाध्यक्षलाई प्रहरीले छाड्ने जनाएको छ ।

प्रहरीले कानुनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ, डीएसपी कार्कीले भने, ‘अहिले भद्र व्यवहारमा म्याद थप गरिएको छ ।’ अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्रअधिकारभन्दा बाहिर गएर सहकारी ऐनअनुसार काम कारवाही नगर्दा तुलसी सहकारीको करोडौं रुपैयाँ जोखिममा रहेको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech