२६ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रादेशिक महोत्सव भोली उत्घाटन
  • न्युज मानसराेवर

कोहलपुर\ लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ ५ गते भोली देखी  संचालन  हुने भएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि १३ सम्मका लागि महोत्सव सुरु हुन लागेको हो ।

‘ कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित सुरु हुने महोत्सवको लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले उद्घाटन गर्दैछन् ।

संघद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मूल समितिका संयोजक तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ महोत्सव आयोजना हुन लागेको बताए ।

उनका अनुसार महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । महोत्सवमा २ सय ५० स्टल बुकिंङ भइसकेका छन् ।

महोत्वस अवधिभर अन्तरक्रिया कार्यक्रम, हरेक १० देखि १२ बजेसम्म विद्यालयहरुको सिफारिसमा विद्यालय पोसाकमा विद्यार्थीहरुलाई महोत्सव स्थल अवलोकनका साथै स्थानीय उत्पादन र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने उनले बताएका छन् ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech