६ बैशाख २०८१, बिहीबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको भेला लुम्बिनीमा
  • न्युज मानसराेवर

बाँके\ मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला चैत्र २३ गते विश्व शान्ति तपोवन भूमि लुम्बिनीमा हुने भएको छ ।एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुने भेलाको  तयारी थालिएको एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी गराएका छन।

अन्तर्राष्ट्रिय खेलकुद दिवस अप्रिल ६ को अवसरमा आयोजना हुने राष्ट्रिय भेला अन्तर्गत ‘‘शान्ति र समृद्धिको लागि खेलकुद’’ भन्ने नारा सहित विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने तय भएको उपमहासचिव श्रेष्ठले उल्लेख गरेका छन।

राष्ट्रिय भेलामा ७७ जिल्लाका साथै ७ सय ५३ वटै पालिका कमिटीहरू पनि घोषणा गरिनेछ । एकेडेमीले प्रतिनिधिहरूको नाम पठाउन २०७९ साल चैत्र ७ गतेसम्म आह्वान पनि गरेको छ । भेलालाई  सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी परिचालन गरिएको एकेडेमीले जनाएको छ ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech