१५ चैत्र २०८०, बिहीबार

यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा, नेपाललाई मौसमको साथ !
  • न्युज मानसराेवर

काठमाडौँ\नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ । विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार सम्पन्न खेलमा यूएईलाई डकवर्थ लुईस नियमका आधारमा ९ पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो ।

खराब प्रकाशका कारण खेलको नतिजा डकवर्थ लुइस नियमका आधारमा गरिएको थियो । यस आधारमा नेपाललाई मौसमले पनि साथ दिएको देखिन्छ ।

३११ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहँदा खेलको ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो । उक्त समयमा नेपालले ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । यो अवस्थामा खेल भएको खण्डमा नेपाललाई खेल जित्नका लागि ३६ बलमा ४२ रन आवश्यक थियो । खेलको ४४ ओभरमा यूएईले भने ५ विकेट गुमाएर २०८ रन जोडेको थियो ।

जितसँगै नेपाल विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ३ मा उक्लिँदै विश्वकप छनोटमा पुगेको हो । लिग–२ मा शीर्ष २ मा रहेका स्कटल्याण्ड र ओमान यसअघि नै विश्वकप छनोटमा पुगेका थिए । लिग–२ का शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्ने प्रावधान छ । यी तीन टोलीसम्मिलित टोलीले जिम्बाबेमा विश्वकप छनोट खेल्नेछन् ।

पछिल्ला १२ खेलमा अविश्वसनीय प्रदर्शन

पछिल्ला १२ खेलमा अविश्वसनीय प्रदर्शन गरेपछि नेपाल विश्वकपको छनोटमा पुगेको हो । नेपालले पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हासिल गरेको थियो ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech