१२ बैशाख २०८१, बुधबार

बाँकेका व्यवसायी सडक प्रदर्शनमा
  • न्युज मानसराेवर

बाँके\बाँकेका व्यवसायी सडक प्रदर्शनमा आएका छन। भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले  व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी  सडकमा कुखुरासहित आन्दोलनमा आएका हुन।

नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको अलि पोल्ट्री फारमका सञ्चालक असगर अलि कुरैशीले जानकारी गराए ।

उनले आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उल्लेख गरेका छन।

जमुनाहा, साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानहरुको गुनासो छ ।

पटक पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा पक्राउ गरी प्रहरीलाई बुझाउँदा पनि कारवाही नभएको नेपाल पोल्ट्री व्यवसायी सङ्घ बाँकेका सचिव प्रदीप कँडेलले बताए ।भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेकाले व्यवसाय नै धरापमा परेको किसानहरु को भनाइ रहेको छ ।

 

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech