६ चैत्र २०८०, मंगलवार

भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई जेल सजाय
  • न्युज मानसराेवर

बाँके\भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमति समेत दिएको छ । एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?) भनी बोलेका थिए ।

राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । सो फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए । बाहिर समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका थिए । फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् । (एजेन्सी)

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech