१३ बैशाख २०८१, बिहीबार

राप्तीसोनारी गाउँपालिकाले सम्मान गर्यो खेलाडि
  • न्युज मानसराेवर

राप्तीसोनारी \राप्ती सोनारी गाउँपालिकामा खेलाडिहरुलाई सम्मान गरेको छ।

१४ औँ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम भएका ४० जना जना खेलाडी लाई राप्ती सोनारी गाउँपालिमा सम्मान गरेको हो ।

त्यसै गरी राप्ती सोनारी गाउँपालिकाले ७ जना खेल प्रशिक्षकहरुलाई सम्मान समेत गरेको छ। उनीहरुलाई खादा र प्रमाणपत्र उपलब्ध गराइएको छ। फागुन २६ देखि २८ सम्म संचालन गरिएको १४ औँ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा राप्तिसोनारी गाउँपालिका दोस्रो स्थान भएको थियो ।खेलाडीहरुको थप हौसला प्रदान गर्दै खेलकुद विकासमा राप्ती सोनारी गाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिका अध्यक्ष तप्त पौडेलले  बताए ।

उनले समग्र राप्तीसोनारी गाउँपालिकाको दिगो विकास सँगै खेलकूद र खलाडिहरुलाई प्रोत्सान हुने गरी आगामी वर्ष नीति तथा कार्यक्रमहरु निमार्ण गरिने समेत बताएका छन। सम्मान कार्यक्रममा पूर्व मन्त्री प्रेम बहादुर शिह राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कर्मचारी स्थानीय खेलकूद समिति लगाएतको सहभागिता रहेको थियो ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech