१३ बैशाख २०८१, बिहीबार

एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्याक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ ।

११ करोड ६४ लाख रुपियाँमा ट्याक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ । एथ्लेटिक्स ट्र्याकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको जानकारी गराए ।

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech