७ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा ‘युरोपियन फिल्म फेस्टिभल २०२३’ हुँदै
  • न्युज मानसराेवर

सुर्खेत\ ‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ आज (बुधवार)देखि सुर्खेतमा शुरू हुने भएको छ । उक्त फिल्म फेस्टिभलको यो १२औं संस्करण हो, जसको आयोजक ‘द डेलिगेसन अफ युरोपियन युनियन नेपाल’ रहेको छ । फेस्टिभल शुक्रवारसम्म चल्नेछ । फेस्टिभलमा युरोपका आठ र नेपालका आठ लघु फिल्म प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेपे्रजले जानकारी दिइन् ।

‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने उनले बताइन् । उनका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरबाट शुरू भएको फिल्म फेस्टिभल सुर्खेत हुँदै जेठ १ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न हुनेछ ।

फेस्टिभलमा ‘अस्कर एण्ड लीली’ (अष्ट्रिया), ‘रमोना’ (स्पेन), ‘इयो स्टबने’ (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), ‘चाइल्डहुड’ (स्विडेन, लाटभिया, इराक), ‘इनभिजिबल’ (लिथुअनिया, लाट्भिया, युक्रेन, स्पेन), ‘डेटिङ अम्बर’ (आयरल्यान्ड, यूके) र ‘मित्र’ (नेदरल्यान्ड्स) छन् । फेस्टिभलमा नेपाली फिल्म ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, ‘गोर्खा गर्ल’, ‘ब्लुज अफ पिंक’, ‘जुन्को’, ‘बागथान’, ‘लिभिङ विथ डिग्निटी’, ‘फोर नाइटस’ र ‘ड्रिफ्टिङ क्लाउड्स’ देखाइने बताइएको छ ।

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech