१५ बैशाख २०८१, शनिबार

लुम्बिनीका नवनियुक्त मन्त्री र मुख्य न्यायाधिवक्ताको शपथ तयारी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा सोमबार नियुक्त तीन मन्त्री तथा मुख्य न्यायाधिवक्तालाई आजै साँझ ४ बजे शपथ ग्रहण गराइने तयारी भएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार दाङबाट निर्वाचित नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्य, रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त गर्दै यसअघि विनाविभागीय बनेका दुई मन्त्रीको समेत कार्यविभाजन गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार गुनाराम घिमिरेले सोमबार ४ बजे नवनियुक्त मन्त्री तथा मुख्यन्यायाधिवक्ताको शपथग्रहण बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने जानकारी दिए ।

मुख्यमन्त्री चौधरीले बैशाख १५ मा मन्त्री बनेका धनबहादुर मास्कीलाई आर्थिक मामिला, सन्तोष पाण्डेयलाई आन्तरिक मामिला र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिका छन् ।

मुख्यमन्त्री चौधरीले सोमबार नै वरिष्ठ अधिवक्ता डा. बुद्धबहादुर थापा क्षेत्रीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech