२३ मंसिर २०८२, सोमबार

नरैनापुरमा आगलागी हुँदा ११ घर जलेर नष्ट
  • न्युज मानसराेवर

बाँके\बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको हो ।

भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाजीले आगलागीका कारण १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी गराएका छन। सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।१२ बजे सुरु भएको आगलागी ३ बजेमात्रै नियन्त्रणमा आएको हो ।

नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीको घटना हुने गरेको छ ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech