१३ बैशाख २०८१, बिहीबार

बढैयाताल गाउँपालिकामा राजश्व संकलन सम्बन्धित एक दिने गोष्ठि सम्पन्न
  • न्युज मानसराेवर

मैनापोखर ,बर्दिया \ बढैयाताल गाउँपालिकाले राजश्व संकलन सम्बन्धित एक दिने गोष्ठि सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८० । ०८१ को राजश्व संकलन कर शिक्षा सम्बन्धित सरोकारवाला विच एक दिने गोष्ठि सम्पन्न गरिएको हो ।

उक्त गोष्ठिको सहजीकरण बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले गरेका थिए ।

बढैयाताल गाउँपालिकाको आफ्नो स्थानीय आर्थिक ऐन छ । स्थानीय बस्तुमा लागाउन सक्ने कर र लागु भइरहेका स्थानीय करमा परिमार्जन गर्न सक्ने अधिकार स्थानीय सरकारलाई भएबमोजिम स्थानीय सरोकारवाला विच एक दिने गोष्ठिको आयोजना गरिएको प्रमुख ऐडीले जानकारी गराएका छन।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा राजश्व परार्म समिति संयोजक लक्ष्मी कुमारी अधिकारीले सबैलाई स्थानीय करको दायरामा ल्याउन सके स्थानीय श्रोतमा सुधार हुने विश्वास व्यक्त गरिन।  उनले  स्थानीयश्रोतहरुको खोजि गर्दै आत्म निर्भर गाउँपािलका निमार्ण गर्न  सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरेकी छन।

त्यसै गरी कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले स्थानीय श्रोतको पैचान संगै व्यपारीहरुको आत्म सम्मान तथा उहाँहरुको सुरक्षाको जिम्मेवारी समेत स्थानीय सरकारको काधमा आउने तर्क गरेका छन। स्थानीय आर्थिक ऐनमा भएका अधिकार प्रयोग गर्दै कानूनको पालनामा स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन।

प्रमुख त्रिपाठीले बढौयातालको विकास गर्नका निम्ति केन्द्रि सरकार र प्रदेश सरकार सँग आवश्यक समन्वय समेत गरिएको उल्लखे गरेका छन। गाउँपालिका भित्र रहेका मौलिक कला संस्कृति तथा पर्यटन विकास गर्न समेत स्थानीय श्रोतको आवश्यक पर्ने तर्क गरेका थिए ।

कार्यक्रममा  उद्योग बाणिज्य संघ मैनापोखर अध्यक्ष बालकृष्ण लामेछाने वडा अध्यक्ष स्थानीय बजार व्यवस्थापन समतिका पदाधिकारी ,शाखा प्रमुख ,वडा सचिव लगाएतको सहभागिता रहेको थियो । उक्त गोष्ठिमा आर्थिक वर्षको राजश्व संकलन तथा राजश्व चुवावट सम्बन्धि समिक्षा समेत गरिएको थियो ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech