१५ चैत्र २०८०, बिहीबार

सरकारले बजेट दिएन कोहलपुर क्रिकेट मैदान र महिला क्रिकेट एकेडेमीलाई
  • न्युज मानसराेवर

कोहलपुर \सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कोहलपुरमा निर्माणाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान प्राथमिकतामा परेन । क्रिकेट मैदान निर्माणका कोहलपुर नगरपालिका वडा नं. ११ मा जमिन छुट्याएको झण्डै २० वर्ष पुगिसक्दा समेत आधारभुत संरचना निर्माण हुन सकेको छैन । यसअघिका केही बजेट भाषणमा मैदानकालागि थोरै भएपनि बजेट छुट्याउने गरीएको थियो ।

यसअघिको सरकारले कोहलपुरमा क्रिकेट मैदान सँगै महिला क्रिकेट एकेडेमी बनाउने घोषणा गरेको थियो । बाँके निर्वाचन क्षेत्र नं. १ का तत्कालिन साँसद महेश्वर गहतराज (अथक) संघिय सरकारको युवा तथा खेलकुद मन्त्री हुँदा कोहलपुर क्रिकेट मैदानकालागि अहिलेसम्मकै बढि बजेट बिनियोजन गरीएको थियो । क्रिकेट मैदानसँगै महिला क्रिकेट एकेडेमी निर्माणकालागि मन्त्री अथकले ३ करोड बजेट बिनियोजन गराएका थिए ।

तत्कालिन मन्त्री अथकले महत्वाकांक्षि योजनाका रुपमा अगाडी बढाएको उक्त प्रोजेक्टकालागि वर्तमान सरकारले एक रुपौयाँ बजेट छुट्टाएको छैन । सरकारले देशभर ४ स्थानमा क्रिकेट मैदान बनाउने घोषणा गरेको भएपनि कोहलपुरको क्रिकेट मैदान बजेटमा समेटिएन ।

प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान अलपत्र

घोषणा गरेको २० वर्ष पुग्नै लाग्दा सम्म पनि बाँकेको कोहलपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान अलपत्र अवस्थामा छ । भौतिक पूर्वाधार निर्माणका लागि हरेक वर्ष केही न केही बजेट विनियोजन हुँदै आएको भएपनि विनियोजित बजेट बर्सेनी फ्रिज हुने गरेको छ । २०६१ सालमा नेपाल क्रिकेट संघ क्यानले कोहलपुरमा अन्तराष्ट्रिय स्तरका क्रिकेट मैदान निर्माणका लागी कोहलपुर नगर विकास समिति सँग जग्गा उपलब्ध गराई दिन आग्रह गदै पत्राचार गरेको थियो ।

लगतै कोहलपुर नगर विकास समितिको बोर्ड बैठकले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि ४ बिघा १९ कट्ठा जग्गा छुट्याएको थियो । तर घोषणाका २० वर्ष पुगी सक्दा समेत क्रिकेट मैदानकालागी आवश्यक न्यनतम पूर्वाधार निर्माण हुन सकेको छैन ।

प्रतियोगिताका सञ्चालनका लागि ९० फिट लम्बाइ र ३० फिट चौडाइ क्षेत्रफलको पक्की पिच आवश्यक पर्ने भएकाले यसै वर्ष सम्पन्न गर्ने गरि काम सुरु गरिएको छ । यस बाहेक मैदानका लागि बिभिन्न चरणमा गर्नुपर्ने सोलिङ गर्ने, माटो पाट्ने, लेबल मिलाउने, घाँस उमार्ने लगायतका कार्यहरू बाँकी नै छ । यस वर्ष सरकारले कोहलपुरमा महिला क्रिकेट एकेडेमी र अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागी ३ करोड बजेट बिनियोजन गरेको थियो । यसै आर्थिक वर्षमा सक्ने गरि ठेक्का आवहान गरिएको भएपनि हालसम्म काम सुरु नहुदाँ फेरी पनि बजेट फ्रिज हुने सम्भावना बढेर गएको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech