बाँके\बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वायरिङको काम गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–८ बस्ने समिर विकको बुधबार राति करेन्ट लागेर मृत्यु भएको हो ।
उपचारका लागि भेरी अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।