२८ भाद्र २०८३, आईतवार

चार प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने
  • न्युज मानसराेवर

बाँके\शुक्रबार (आज) सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको हो।

दिउँसो देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बढ्ने महाशाखाको भनाइ छ।

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech