बैजनाथ\बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम तथा बजेट निमार्णका लागि सुझाव संकलन तथा बृह्त अन्तरक्रिया कार्यक्रम गरेको छ । बैजनाथ गाउँपालिका सरोकारवाला निकाय विच उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त सुझाव संकलनमा कर्मचारी राजनितिक दल , शिक्षक पत्रकार लगाएतको सहभागिता रहेको छ । सुझाव संकलनमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाया , प्रमुख प्रशासकीय अधिकृत ,लेखा अधिकृत ,योजना शाखा ,वडा अध्यक्ष ,कार्यपािलका सदस्य ,वडा सदस्य लगाएतको सहभागिता रहेको छ।उक्त सुझाव संकलनका निम्ति गाउँपालिकाले सार्वजनिकि सुचना समेत प्रकाशित गरेको थियो । तस्विर श्रोतः लेखा अधिकृत पूर्ण प्रसाद जैसी