१२ श्रावण २०८१, शनिबार

कफी आयातबाट ३१ करोडभन्दा बढी रकम बाहिरियो
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो  समय नेपालमा कफी खाने ट्रेन्ड बढेको छ । केही वर्षअघिसम्म ठूला होटल र रेष्टुरेन्टमा पाइने कफी अहिले साना चिया पसलदेखि कफी हाउससम्म पनि पाइने गरेको छ । माग बढेसँगै यसको आयात पनि बढेको देखिन्छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महीनामा नेपालले ३१ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कफी आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको कफी आयात गरेको थियो । उत्पादन उत्साहजनक नभएकाले कफीको आयात बढेको जानकार बताउँछन् ।

चालू आवको समीक्षा अवधिमा सरकारले कफी आयातबाट १६ करोड २ लाख ४५ हजार राजश्व पनि संकलन गरेको छ।

नेपालले क्यानडा, चीन, जर्मनी, भारत, जापान, नेदरल्याण्ड्स कतार, ताइवान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, हङकङ लगायतका देशहरूबाट कफी आयात गर्ने गरेको छ ।

  • १४ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech