१५ बैशाख २०८२, सोमबार

बढैयाताल गाउँपालिकाले सम्पन्न गर्यो बार्षिक समिक्षा
  • न्युज मानसराेवर

बर्दिया\बढैयाताल गाउँपालिकाले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक वर्ष २०७९।०८०मा भएगरेका कार्यक्रमहरुको बार्षिक समिक्षा गरिएको गाउँपालिकाले जनाएको छ । विषयगत तथा वडागत रुपमा बार्षिक समिक्षा मार्फत बढैयाताल गाउँपालिकाले शुरु गरेका आयोजना तथा विभिन्न कार्यक्रमहरुको समिक्षा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराएका छन।

कार्यक्रममा वडागत वडा सचिव वडा अध्यक्ष विषयगत शाखा प्रमुख , गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बार्षिक समिक्षा मार्फत गाउँपालिकाको अवस्था विस्तृत रुपमा देखा पर्ने हुदाँ बार्षिक समिक्षाले आर्थिक वर्ष २०८०।०८१ का लागि धेरै सहज हुने विश्वास व्यक्त गरेका छन ।

त्यसै गरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले नीतिगत रुपमा गरिएका आयोजनाहरुको अवस्थाको विस्लेषण तथा जनप्रतिनिधिहरुको समेत क्षमता विकासमा बार्षिक समिक्षा कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताइन । बार्षिक समिक्षा कार्यक्रमको अध्यक्षता बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले गरेका थिए ।

  • ३ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech