१२ श्रावण २०८१, शनिबार

अवैध रूपमा भारतबाट दुध भित्रिँदै
  • न्युज मानसराेवर

बाँके\भारतबाट परीक्षणबिनै अवैध रूपले दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको पाइएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनका क्रममा सो पाइएको सङ्घले जनाएको छ ।

जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दुधको गुणस्तरीयता जाँच र भन्सार नगरी भारतबाट दैनिक आठ हजार लिटरभन्दा बढी दुध अवैध रूपमा आयात भइरहेकाले जिल्लाका किसानको दुध बिक्री हुन नसकेको  बताए ।  उनले यसरी गुणस्तर परीक्षणबिनै भित्रिरहेको दुधले नेपाली उपभोक्ता, किसान र व्यवसायी सबैलाई समस्यामा पारेको र सो रोक्न जिल्ला प्रशासनसँग माग गरिएको समेत जानकारी गराए ।

स्थानीय किसान र व्यवसायी दुवैले भारतीय गुणस्तरहीन दुधका कारण यहाँका दुध उत्पादक किसान र दुध बिक्रेता दुवै पीडित बनेको बताएका छन् । दुधको गुणस्तरीयता जाँच र भन्सार नगरी दुध आयात भइरहेकाले जिल्लाका किसानको दुध बिक्री हुन नसकेको जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

स्थानीय किसान र व्यवसायी दुवैले भारतीय गुणस्तरहीन दुधका कारण यहाँका दुध उत्पादक किसान र दुध बिक्रेता दुवै पीडित बनेको बताएका छन् । दुधको गुणस्तरीयता जाँच र भन्सार नगरी दुध आयात भइरहेकाले जिल्लाका किसानको दुध बिक्री हुन नसकेको जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।  

जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भण्डारीले भारतीय दुधकै कारण बाँकेमा मिल्क होलिडे दुध बिक्री नहुने अवस्था आएको गुनासो गरेका छन। सङ्घका अनुसार हाल बाँकेमा २२ हजार लिटर दुध खपत हुने अवस्था छ भने सात हजार लिटर अन्य जिल्लामा पठाइने गरिएको छ तर जिल्लामा मात्रै २४ हजार लिटर दुध उत्पादन भइरहेको र बर्दियाबाट पनि सात हजार लिटर दुध भित्रिने गरेको छ ।

भारतबाट आउने अवैध र गुणस्तरहीन दुधले बजार असन्तुलित बनाइदिँदा नेपाली किसानको दुध बिक्री हुन नसकेको सङ्घको भनाइ छ । गुणस्तरहीन र भन्सार नगरिएको भारतबाट आउने दुधको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकिने हुँदा पनि नेपाली किसानको दुध बिक्रीमा समस्या आएको व्यवसायीको भनाइ छ ।

सोही कारणले सङ्घले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई ज्ञापनपत्र बुझाएर दुधको अवैध आयात रोक्न र गुणस्तर चेकजाँच तथा भन्सार असुल गरेर मात्रै भित्रिन दिन माग गरेको छ । बाँकेको जमुनाह नाकालगायत अन्य नाकाबाट पनि साइकल तथा मोटरसाइकलमा धमाधम दुध नेपाल भित्रने गरे पनि कुनै पनि निकायले चेकजाँच नगर्ने सङ्घको आरोप छ ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech