१५ बैशाख २०८२, सोमबार

प्रमुख प्रशासकीय अधिकृत ढकालले गरे आफ्नो २० महिना बसाईको अनौपचारिक सप्रसङ्ग ब्याख्या
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जवाफदेही, शुशासनमैत्री नगरपालिका निमार्णमा आफ्नो कार्यकाल पुरा गरेको बताएका छन। ढकालले आज कोहलपुरका पत्रकारहरुसँगको  बसाईमा आफ्नो २० महिने कार्यकालमा नीति निमार्ण विकास आयोजना हरुलाई निरन्तरता  दिइएको  बताएका हुन।

ढकालले कोहलपुर नगरपालिकाबाट औपचारिक रुपमा भोलि विदाई हुने समेत  उल्लेख गरेका छन।  उनले  अध्ययन गर्नाका निम्ति छिमेकी मुलुक चिन जाने तयारी रहेका कारण आफु कोहलपुर नगरपालिका बाट विदाई हुन लागेको उल्लेख गरेका छन।

ढकालले आफ्नो कार्यकालमा जनप्रतिनिधि ,स्थानीय राजनिति दल ,पत्रकार ,नागरिक समाज सबैको  साथ र सहयोग  प्राप्त भएको जिकिर समेत गरे ।

उनले स्थानीय संचारकर्मी र संचारगृहको उत्थान गर्नाका लागि कोहलपुर नगरपालिकाले महत्वपूर्ण कदमहरु चालेको बताए । उनले संझौता अनुरुप नगरका विज्ञापन उपलब्ध गराईएको बताए । उनले राजश्वको दायरा समेत बढाइएको उल्लेख गरे । उनले शिक्षा क्षेत्रको समग्र विकास गर्नाका लागि महत्वपूर्ण कार्ययोजना अनुरुपक कामहरु भइरहेको बताए ।

उनले कोटेशन मार्फत  आयोजनाहरुमा  हुने अनियमिताअत्य गरिएको बताए । त्यसै गरी ढकालले अथिति सत्कार , विविध खर्चमा कटौति ५० प्रतिशत सम्म गरिएको बताए । उनले २० महिनाको बसाईमा सबैको साथ सहयोग प्राप्त भएको उल्लेख गरेका थिए ।

  • १७ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech