कोहलपुर \२०२० फागुन १८ गते भारत सरकारको सहयोगमा सम्पन्न बन्धा यति बेला पुर्ननिर्माणको पखाईमा रहेको छ । स्थानीय उद्पादन महत्वपूर्ण भूमिका खेलेको बन्धा नहरले हाल तिन तहका सरकारले वास्ता नगर्दा यहाँ आउने पर्यटन प्रवद्र्धनमा समेत गिरावट आएको छ ।
बन्धा नहर जिर्ण संरचनामा ठिङ्ग उभिएको वर्षौं भईसक्यो।तत्कालिन राजा महेन्द्रले उद्घाटन गरेको उक्त आयोजना ६० को दशकमा आन्तरिक पर्यटनको मुख्य आर्कषक गन्तब्य रहेको थियो।तर बिभिन्न समयमा डुडुवा नालामा आएको बाढिले त्यस वरिपरीको सौन्दर्यलाई कुरुप पार्नुका साथै नहरको संरचनामा समेत क्षती पुर्याएको छ । उक्त बन्धा कोहलपुर वडा नं.१० र १३ को सिमानामा रहेको छ ।