६ जेष्ठ २०८१, आईतवार

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
  • न्युज मानसराेवर

बाँके\१९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए ।

मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे । पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए ।

  • १४ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech