३० मंसिर २०८२, सोमबार

धार्मिक आस्थामाथि आँच पुर्‍याउने काम नगर्न आग्रह
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रशासन कार्यालय बाँकेले कुनै पनि व्यक्ति, सङ्घसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने काम नगर्न सम्बन्धितलाई आग्रह गरेको छ ।

आइतबार सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीद्वारा जारी सूचनामा सो आग्रह गरिएको हो ।

प्रजिअ केसीले कुनै पनि व्यक्ति, सङ्घ संस्था वा सम्प्रदायले बसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको सङ्केत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न तथा नगराउन जिल्लावासी सबैमा आग्रह गरेका छन।

यदि कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुनबमोजिम कडा कारबाही गरिने सूचनामा जानकारी गराइएको छ ।

  • १४ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech