६ जेष्ठ २०८१, आईतवार

२३ रनको अपुगमा एसियाडबाट बाहिरियो नेपाल
  • न्युज मानसराेवर

बाँके\नेपालले एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइनलमा भारतसँग हार व्यहोरेको छ।

भारतसँग २३ रनले पराजित हुँदै नेपाल एसियाडबाट बाहिरिएको हो। भारतले निर्धारित २० ओभरमा २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ मा बनाउन सक्यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए। सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन, ओपनर आशिफ शेख २९ रन बनाएर आउट हुँदा सन्दीप जोराले २९ रन नै बनाएर पेभिलियन फर्किए। कुशल भुर्तेलले २८ रन बनाए। सोमपाल कामीले ७ रन बनाउँदा गुल्सन झाले ६ रन बनाए।

यस्तै करण केशी १८ रनमा अविजित रहे।भारतका रवि विस्नोइले ​र अवेश खानले​ समान तीन विकेट लिँदा, अर्शद्वीप सिंहले दुई विकेट लिए। साई किशोरले एक विकेट लिए।

कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech