९ बैशाख २०८२, मंगलवार

नेपालगञ्जमा सेना परिचालन
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।

हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुन नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ ।

तर, दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । अहिले झडप रोकिएको छ ।

ठूलो संख्यामा गल्ली-गल्लीमा प्रहरी परिचालित छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको  जानकारी गराएका छन।

दुवै समूहलाई छलफलका लागि बोलाइएको भएपनि अहिलेसम्म कोही नआएको र प्रयास जारी रहेको उनले जानकारी दिए ।तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech