११ जेष्ठ २०८३, सोमबार

जमुनाहा नाकामा नेपाली अलपत्र
  • न्युज मानसराेवर

बाँके\जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् ।

भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिएका हुन् । तत्काल आफूहरूलाई गन्तव्यसम्म पठाउने व्यवस्था गर्न उहाँहरूले माग गरेका छन् । यता प्रशासनले भने गन्तव्य स्थलसम्म पुराउनका लागि प्रहरीले समन्वय सुरु गरेको जनाएको छ ।

नेपालगन्जको जमुनाहा नाकामा रोकिएर बसेका आठ सय बढी नेपाली नागरिकलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमाबाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन। राँझा चोकसम्म पुगेपछि सर्वसाधारण आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्नका लागि सार्वजनिक गाडी पाउनेछन् ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech