११ जेष्ठ २०८३, सोमबार

स्थानीय तहका कर्मचारी आन्दोलित
  • न्युज मानसराेवर

काठमाडौं\स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले एकीकृत निजामति सेवा ऐन जारी गर्नुपर्नेलगायत मागसहित काठमाडौंमा दबाबमूलक र्‍याली निकालेको छ।

प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तीनै तहका कर्मचारीको समान अधिकार नारासहित समितिले बिहीबार काठमाडौंस्थित नयाँ बानेश्वरमा कार्यक्रम गरेको हो।

संघर्ष समितिले एकीकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको सेवाको सुरक्षा, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन, स्थानीय सेवालाई मर्यादित र सम्मानित सेवाको रुपमा स्थापित गर्नुपर्नेलगायत तीनै तहका कर्मचारीलाई निजामति कर्मचारीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागसहित माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

  • १८ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech