१३ बैशाख २०८२, शनिबार

बाँकेमा नागरिक समाजको सद्भाव कायम गर्न अपिल जारी
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लाको नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न बाँके स्थित नागरिक समाजका तर्फबाट अपिल जारी गरिएको छ।

केही दिन यता नेपालगञ्जमा बढिरहेको धार्मिक तनावले नेपालगञ्जको सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै नागरिक समाजका तर्फबाट अपिल गरिएको हो । नागरिक समाजका प्रतिनिधिमुलक संस्थाहरुका तर्फबाट बिज्ञप्ती जारी गर्दै उक्त अपिल गरिएको हो ।

जारी बिज्ञप्तीमा सामाजिक संजालमा लेखिएको स्टाटस, सो स्टाटस बिरुद्ध असोज १४ गते मुस्लिम समुदायले गरेको बिरोध र्याली, असोज १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा बिबाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा झडप लगायतका घटनाहरु घट्नु दुःखद रहेको उल्लेख छ ।

बिभिन्न प्रतिनिधिमुलक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिन नदिन कानुन बिपरितका कार्य गर्ने जो कोहिलाई कानुनी कठघरामा ल्याउन, नागरिकहरुको जिउधनको सुरक्षा गर्न प्रहरी, प्रशासनसङ्ग जोडदार माग गरेका छन् ।

जारी बिज्ञप्तीमा बिभिन्न धर्मका धार्मिक गुरु, अगुवा, नागरीक समाजका अगुवा, जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतलाई सामाजिक सद्भाव कायम गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गरिएको छ । बाँकेका बिभिन्न ठाउँहरुमा भएको झडपका क्रममा भएको सम्पत्ति तोडफोडको मुल्यांकन गरि तत्काल क्षतिपुर्तिको व्यवस्था गर्न माग बिज्ञप्ती मार्फत माग गरिएको छ ।

झडपका क्रममा घाईते भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अपिल गर्दै बिज्ञप्तीमा अवस्था सहज हुँदै गएपनि सर्बसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एबं शान्ति भंग हुन जाने स्थितीलाई मध्येनजर गर्दै उच्च सुरक्षा सर्तकता अपनाउन प्रहरी, प्रशासनसँग जोडदार माग गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ– संबेदनशिल क्षेत्रहरुमा सुरक्षा व्यवस्थालाई कडा पार्न अपिल गर्दछौं । बिज्ञप्तीको अन्तमा भनिएको छ –साईवर अपराध सम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सञ्जालका माध्यमबाट भईरहेको अराजकतालाई नियन्त्रण, नियमन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं  अपिलमा भनिएको छ ।

  • १८ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech