१५ बैशाख २०८२, सोमबार

राप्ती पारिका बस्तीमा विद्युतीकरण शुचारु गर्न सांसद नमुनाको चासो
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले बाँकेको राप्ती पारिका बस्तीमा विद्युतीकरणमा ढिलाइ भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन।

राप्तीसोनारी–४ का विकट बस्ती गुर्दनगौरी, महेशपुर, खयरभट्टी, चुनभट्टी, कुन्टेपानी लगायतका नाकाका बस्तीहरुमा विद्युतीकरणका लागि टेण्डर आह्वान भई ठेकेदार कम्पनीसँग सम्झौता भई काम पनि सुरु भइसकेको तर काममा अत्यन्तै ढिलाइ भएकोप्रति चासो राख्दै सम्बन्धित पक्षसँग भेटघाट गरी तुरुन्त काम अगाडि बढाउन सांसद नमुनाले निर्देशन दिइन ।

सांसद नमुनाले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका कार्यालय प्रमुख ई. जगन्नाथ लामिछाने र ठेकेदार कम्पनी आयुष निर्माण सेवा कम्पनीका प्रतिनिध भरत केसीसँग काम ढिलाइ भएको भन्दै तुरुन्त अगाडि बढाउन निर्देशन दिइएकी हुन।

साथै उनले राप्तीपारीका नरैनापुर र राप्तीसोनारीमा विद्युतीकरण गर्न बाँकी रहेका स्थानमा यथाशीघ्र विद्युतीकरणको कामलाई अगाडि बढाउन आग्रह गरिन।

कार्यालय प्रमुख ई. जगन्नाथ लामिछानेले ठेकेदार कम्पनीलाई कार्यालयको तर्फबाट पटक पटक काम अगाडि बढाउन अनुरोध गरेको जानकारी दिएका छन। त्यसैगरी ठेकेदार कम्पनीका प्रतिनिधि भरत केसीले विकट ठाउँ भएको र बर्षातले गर्दा काममा केही बाधा आएर रोकिन पुगेको भन्दै अब तत्काल काम अगाडी बढाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाइन।

उक्त क्षेत्रको विद्युतीकरणका लागि सङ्घीय सरकारले विनियोजित गरेको तीन करोड २४ लाख रुपियाँ लागतमा टेण्डर पारी २०८० मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्ने गरी आयुष निर्माण सेवा कम्पनीले २०७९ फागुन २५ गते सम्झौता गरेको थियो ।

  • १ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech