१५ बैशाख २०८२, सोमबार

कोहलपुरमा संचारिका समूह बाँकेको शुभकामना आदानप्रदान
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर संचारिका समूह नेपाल बाँके शाखाद्वारा आयोजना गरिएको बिजया दशमी, दिपावली, र छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अथिति कोहलपुर नगरपालिका उपाध्यक्ष संगीता सुवेदीले महिला पत्रकारहरुलाई अगाडी बढ्न आफ्नो र नगरपालिकाको साथ रहने बताएकी छन ।

उनले समाज रुपान्तरण गर्न महिला पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नगरपालिकाले समेत उहाँहरुको क्षमता अभिबृद्धिका निम्ति आवश्यक बजेट समेत सहयोग गर्ने बताईन। त्यसै गरी प्रजिअ श्रवण कुमार पोखरेलले बाँके जिल्ला सद्भावको जिल्लाकोरुपमा चिनिदै आएको र यसलाई कायम राख्न सबैले भुमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले आफु भन्दा पहिला समाज र सामाजिक उत्तरदाहित्व निर्वाह गर्न सबै नागरिकहरुको जिम्मेवारी हुने बताए । उनले जिल्लाको शान्ति सुरक्षाको कायम गर्न जिल्लाका आम नागरिकहरुको पहिलो दाहित्व हुने तर्क समेत गरे ।

त्यसै गरी कार्यक्रममा बोल्दै बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र सद्भाव कायम राख्न पत्रकारहरुको भूमिका महत्वूर्ण हुने बताए । उनले कही कतै गलत भएको छ भने प्रहरीबाट समाचार बनाउ आग्रह समेत गरे ।

तर समाजमा पत्रकार हुँ भन्दै पत्रकार आचारसंंहिता विपरित समाचार लेखन भएको खण्डमा पत्रकार पनि कानूनी दायरामा ल्याइने बताए । उनले समाज रुपान्तण र सद्भाव कायम राख्न नेपाल प्रहरी सबै निकाय सँग आपसी समन्वयन र सहकार्य गर्न सधै तयार रहेको बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी सुन्दर तिवारी, नेपाली कंग्रेस बाँकेका सभापति नारायण गंडेल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाया, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा , प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीका अध्यक्ष पुष्पराज हमाल , संचारिका समूह बाँकेकी उपाध्यक्ष सरला सुवेदी, लगायतले शुभकामना दिएका थिए ।

संचारिका समूह बाँकेकी अध्यक्ष रुपनी जि एमको अध्यक्षतामा महासचिव पबित्रा परियारले कार्यक्रम संचालन गरेकी थिइन ।

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech