६ जेष्ठ २०८१, आईतवार

कोहलपुरमा मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुदै
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुरमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८० संचालन गरिने भएको छ ।  कोहलपुरको स्थानीय रेसिङ साहारा फुटवल क्लबको आयोजनामा आगामी कार्तिक १५ देखि गोल्डकप खेलकुद प्रतियोगिता सुरु आयोजक क्लबका सचिव नवकिरण शाहले पत्रकार सम्मेलनमा जानकारी गराएका छन।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ आगामी कार्तिक १५ देखि २२ गतेसम्म संचालन गरिने क्लब अध्यक्ष चक्र क्षेत्रीले बताए ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहनेछन् ।

प्रतियोगितामा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुने क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि दिइने क्लबका अध्यक्ष चक्र क्षेत्रीले भनेका छन।

यस्तै पत्रकार सम्मेलनमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को लोगो, मुल व्यानर, टाईसिट र जर्सी समेत सार्वजनिक गरिएको थियो ।

क्लबका कप्तान हरि कठायत र कोच जनक केसी सहित संयुक्त रुपमा लोगो, मुल व्यानर, टाईसिट र जर्सी सार्वजनिक गर्नुभएको थियो भने रविन शाहीले जर्सी सौजन्य गनुएभएको थियो । त्यसै गरी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ सञ्चालन तथा व्यवस्थापनका लागि करिब ८० लाख रुपैया लागत अनुमान गरिएको क्लबका कोषाअध्यक्ष काशिराम अधिकारीले जानकारी गराए ।

उक्त प्रतियोगितामा मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, उद्योगी, व्यापारीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech