६ जेष्ठ २०८१, आईतवार

सिंगापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य
  • न्युज मानसराेवर

बाँके\नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रमा सिंगापुरविरुद्धको खेल जित्न १४६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरले टस जितेपछि ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १४५ रन बनाएको हो।

नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ। विश्वकप एसिया क्षेत्रको छनोटमा ८ राष्ट्र सहभागी छन्। नेपाल र सिंगापुरसहित समूह ‘ए’ मा मलेसिया र ओमान तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत र बहराइन छन्।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनलमा पुग्ने दुई टोली जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा प्रवेश पाउने छ।

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech