६ जेष्ठ २०८१, आईतवार

मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उद्घाटन भोली
  • न्युज मानसराेवर

बाँके\ भोली बाट संचालन हुन गइरहेको मुख्यमन्त्री गोल्ड कप फुटवल प्रतियोगिताको  उद्घाटन  लुम्बिनी प्रदेशका मुख्यमन्त्री  डिल्ली बहादुर चौधरीले गर्ने भएको छन। आयोजक रेसिङ्ग सहारा क्लव कोहलपुरले उक्त खेलका लागि आवश्यक तयारी पुरा गरिएको अनौपचारिक एक कार्यक्रममा जानकारी गराएको छ।

कार्तिक १५ गतेदेखि २२ गते सम्म संचालन हुने मुख्यमन्त्रि कोहलपुर गोल्डको उत्घाटन खेलमा आयोजक क्लव कोहलपुर रेसिङ्ग सहारा क्लव कोहलपुर र चर्च ब्वाईज युनाईटेड काठमाडौं बिच दिउँसोे २ बजे शुरु हुने मुख्यमन्त्री गोल्ड कप फुटवल प्रतियोगिताका संयोजक राम बहादुर मल्लले जानकारी गराएका छन।  प्रतियोगिता  नकआउट चरण अन्तर्गत खेलिने खेलमा कूल आठ समुह  बिच  खेल हुनेछ ।

दर्शक ब्यबस्थापनका लागि ३ हजार दर्शक अटाउने क्षमताको अस्थाई प्याराफिडको काम भईरहेको छ भने मैदानलाई चारै तर्फ बाउन्ड्रि गरीएको छ । खेल मैदानमा दुई वटा मुख्य प्रबेशद्वार र दुई वटा आपतकालिन द्धारको निर्माण कार्य सम्पन्न भएको छ ।

अस्थाई शौचालय संगै नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घुम्ति शौचालयको ब्यबस्था, पिउने पानीको ब्यवस्था, बृद्ध तथा अपाङ्गहरुको लागी छुट्टै बसाई ब्यबस्थापन गरीएको र प्रत्यक खेलाडिको विमा पनि गरिएको संयोजक मल्लले बताए ।

त्यसै गरी राष्ट्रिय खेलकुद परिषद लुम्विनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले खेल सञ्चालनको दौरान राखेपको नियमन रहने बताए ।  सुरक्षा, खेलको नियमको अनुगमन समेत राखेपले गर्ने भन्दै भट्टराईले खेलका क्रममा कुनै समस्या आईपरेमा प्रदेशले समेत हेर्ने बताए । बाँकेको कोहलपुरमा हुन गईरहेको गौरवको खेल मार्फत बाँकेको पर्यापर्यटन र बाँकेका आर्कषक गन्तब्यको समेत प्रचार प्रसार गर्न पत्रकारहरुले आयोजक क्लवलाई सुझाब समेत दिएका छन।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद लुम्विनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराई, राष्ट्रिय खेलकुद परिषद लुम्विनी प्रदेश सदस्य नरेन्द्र थापा, राष्ट्रिय खेलकुद परिषद सदस्य एलबि क्षेत्रि, राष्ट्रिय म्याच कमिस्नर दयाराम सापकोटा, कोहलपुर नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

 

 

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech