६ जेष्ठ २०८१, आईतवार

उद्घाटन खेलमै आयोजक रेसिङ सहाराक्लब बाहिरियो
  • न्युज मानसराेवर

कोहलपुर\‘रेसिङ सहाराक्लब’ कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ सहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो।

त्यसपछि पेनाल्टी सुट आउटमा ए.पी.पावर चर्च व्वाईज यूनाईटेडले अन्ततः ‘रेसिङ सहारालाई ५–४ गोलले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै पक्षले गोल गर्ने अवसर गुमाउन पुगेका थिए । रेसिङ सहाराका तर्फबाट खेलेका तीन जना विदेशी खेलाडी खेलेका थिए।

प्रतियोगिता अन्तर्गत बिहीबार गोर्खा व्वाईज स्पोर्ट्स क्लब बुटवल र सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढीबिच प्रतिस्पर्धा हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिएका छन्।

गतवर्ष पहिलो पटक आयोजना गरिएको गोल्ड कपको उपाधी  एफसी क्लब क्यामरुनले हात पारेको थियो।ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । प्रतियोगिता ‘नकआउट’ प्रणालीका आधारमा खेलाइएको छ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । रेसिङ सहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्। तस्विरः संजय मण्डल

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech