६ जेष्ठ २०८१, आईतवार

गोर्खा व्वाईजले हरायो सुदुरपश्चिम ११ लाई
  • न्युज मानसराेवर

कोहलपुर \ ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिताको आज भएको खेलमा  सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको छ ।

कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि निरन्तर सञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको हो ।

खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए ।

दिउसो ३ः २० बजेबाट सुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्लले जानकारी गराए ।

त्यसै गरी भोली (शुक्रबार) सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज विच खेल हुने आयोजकले जनाएको छ।

  • १६ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech