बाँके\नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरुले वर्तमान साहित्य र पुस्तक लेखनबारे विचार विमर्श गरेका छन्। क्रिएटिभ ह्याण्डले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रसिद्ध आख्यानकार नयनराज पाण्डेले वर्तमान समयलाई प्रामाणिक र विश्वसनीय तरिकाले इमानदारीपूर्वक लेख्न सकियो भने मात्रै साहित्य र पुस्तक लेखन प्रभावकारी हुने बताए ।
उनले अहिले साहित्यमा धेरै विषयहरु आइरहेको जनाउँदै मधेसका कुरा, पहिचानका कुरा लगायतका धेरै विषयमा साहित्य लेख्ने कार्य भइरहेको बताए । सोही प्रकारले २०७९ का मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझाले जहाँबाट अखबारको यात्रा सकिन्छ त्यसपछि आख्यानको यात्रा सुरु हुने जनाउँदै खबरमा नआउने कुरा आख्यान लेख्नुपर्ने बताएका छन।
उनले साहित्य र पुस्तक लेख्दा बजारमुखी हुन जरुरी रहेको जनाउँदै पाठकको रुचिलाई पनि ध्यान दिनु जरुरी छ उनले भनेका छन । यस्तै, अर्का उपन्यासकार सुबिन भट्टराईले राम्रा पुस्तकको आयु आख्यानको गुणवत्ताले निर्धारण गर्ने जनाउँदै चर्चालाई हेरेर मात्रै निर्क्योल गर्न नसकिने बताएका छन।