१२ श्रावण २०८१, शनिबार

कोहलपुर नगरपालिकाले गठन गर्यो वाङ्मय सभा
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगर कार्यपालिकाको ३४औं बैठकले कोहलपुरमा वाङ्मय सभा गठन गर्ने निर्णय गरेको छ । बैठकले पहिलोपटक कोहलपुरमा केशव सिग्देलको अध्यक्षतामा वाङ्मय सभा गठन गर्ने निर्णय गरेको हो ।

कोहलपुर वाङ्मय प्रतिष्ठान ऐन, २०७९ को दफा ७ बमोजिम क्षेत्रगत विधा एवं समूहको प्रतिनिधित्व गर्ने गरी वाङ्मय सभा गठनको निर्णय गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।सभाको सदस्यहरूमा अन्जु न्यौपाने, वीरेन्द्र सिंह, सुमित्रा न्यौपाने, राम सहाय प्रेमी, सागर गैरे, खोपीराम वली, उत्सव काफ्ले र शेखर दहित रहेका छन् । चालु आर्थिक वर्षमा समेत कोहलपुरको कला साहित्यका लागि १० लाख रुपैयाँ विनियोजन समेत गरिएको छ ।

  • १३ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech