६ जेष्ठ २०८१, आईतवार

जन गायक पङ्गेनीको प्रस्तुतिमा रमाए दर्शक
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपालिका वडा नं.५ स्थित कोहलपुर न्यू  सिटीमा संचालित महोत्सवको तेस्रो दिन आज  चर्चित जन गायक बद्री पङ्गेनीको प्रस्तुतिमा स्थानीय दर्शकहरुले मनोरञ्जन  लिएका थिए । लोकदोहोरी गायक पङ्गेनीको आज मुख्य प्रस्तुति रहेको थियो ।

  नेपाल घरेलु तथा साना उद्योग महांसघको आयोजनामा देशिक औद्योगिक,लघु,घरेलु महिला उद्यमी,कृषि तथा प्रविधि प्रदर्शनी,व्यापार एवं पर्यटन महोत्सव–२०८० माघ १० गतेदेखि  बैजनाथ गाउँपालिकामा  सञ्चालन भइरहेको छ । यस्तै चर्चित गायिका सिर्जना खत्रीले समेत  प्रस्तुति दिएकी थिइन् । महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिइरहेका छन् ।

प्रथम बैजनाथ डान्स आइडलसमेत भइरहेको आयोजकले जनाएको छ ।    प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी ६० बढी कलाकारहरूको प्रस्तुति रहनेप्रचारप्रसार संयोजक सुमन विश्वकर्माले जानकारी गराएका छन।

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech