६ जेष्ठ २०८१, आईतवार

प्रथम बैजनाथ महोत्सवमा दर्शकको ओइरो
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिमाका सञ्चालन भएको प्रथम बैजनाथ महोत्सवमा दर्शकको ओइरो लागेको छ । महोत्सवको चौथो दिन शनिबार चर्चित गायिका प्रिती आले लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसंगै दर्शकको ओइरो लागेको थियो ।

“मेहनत सृजना, उत्पादन र वस्तु : मेरै नेपालको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव–२०८० “कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र समृद्धि बैजनाथ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन भएको हो ।

यस्तै महोत्सवको चौथो दिन शनिबार चर्चित गायिका प्रिती आलेका आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिएकी थिइन् भने महोत्सवमा चर्चित गायिका आलेले गाउनुभएको र्‍याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका छन् ।

महोत्सवमा गायीका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीनु भएको थियो । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने प्रथम बैजनाथ महोत्सवका प्रचारप्रसार समितिका संयोजक सुमन विश्वकर्माले बताए ।

विश्वकर्माका अनुसार भोली (आइतबार) गायक चन्द्र शर्मा, गायिका सिम्रन परियार र हास्यकलाकार दिपेन्द्र ओली आउने जानकारी दिए । महोत्सव माघ २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

शनिवार महोत्सवको उद्धोषण कोश बहादुर खड्काले गरे । महोत्सवमा मोडल तथा डान्सर टिका जैसी लगायत द लेभल अफ डान्स ग्रुपको बेजोड प्रस्तुती संगै स्थानीय कलाकारहरूले पनि प्रस्तुति राखेका थिए । महोत्सवमा १० देखि १२ हजार दर्शकको उपस्थित रहेको थियो ।

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech