५ जेष्ठ २०८१, शनिबार

माओवादि केन्द्र कोहलपुरले नगर प्रमुखलाई गरायो ध्यानाकर्षण
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यलाई नेकपा माओवादि केन्द्र नगर समिति कोहलपुरले कोहलपुरको समग्र विकास निर्माणका विषयमा आफनो धारणा सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । आज मंगलवार नगर कार्यपालिकाको कार्यकक्षमै भेटी नगर समितिका अध्यक्ष अवराज खडका सहितको टोलिले बिभिन्न १९ बुदा समेटि आफनो ध्यानाकर्षण पत्र बुझाएको हो ।

भुमिहिन तथा सुकुम्वासिहरुको समस्यादेखि कोहलपुर १२ हुदै ७ सम्म वग्ने डुडुवा तटबन्ध, गोलपार्क भ्यु टावर सञ्चालन, यातायात कार्यालय स्थानान्तरण, नगरका सिमाहरुमा स्वागत गेट निर्माण, छोटो दुरिको बसपार्क सञ्चालन, शिक्षण अस्पतालसंगको सहकार्य, वडा १ देखि १५ सम्म वितरण हुने बजेट बारेको धारणा, कोहलपुर ६ मा हुने वारम्वार जग्गा किचलो, छाडा पशु चौपाया ब्यबस्थापन, अटो रिक्सा ठेला ब्यबस्थापन, यात्रु प्रतिक्षालय निर्माण तथा दाह संस्कार स्थल निर्माण जस्ता समसामयिक बिषयलाई लिपिबद्ध गर्दै नेकपा माओवादि केन्द्रले नगर प्रमुखकको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझदै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आफु निर्वाचन भएर कार्यकाल शुरु गरे यता आफुलाई दलहरुले रचनात्मक सल्लाह सहयोग प्राप्त भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा उल्लेखित बुंदाहरु आफुले कार्यपालिका समक्ष पेश गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
कोहलपुरलाई अहिलेको परिप्रेक्षमा नभई नहुने र नगरि नहुने आयोजनाहरुका बारेमा दलहरुबाटै प्राथामिकताकासाथ आउन सके आफुले सोहि बमोजिम प्राथामिक क्रममा राखेर कार्यन्वयनको दिशातर्फ लैजाने भन्दै नगरले नगरभित्रका नागरिक, दल तथा बिभिन्न क्षेत्रका रचनात्मक, आलोचनात्मक सल्लाह सुझावलाई शिरोधार्य गर्ने जिकिर गरे ।

ध्यानाकर्षण पेश कार्यक्रममा नेकपा माओवादि केन्द्रका नेता तथा कार्यकर्ता स्थानिय पत्रकार तथा युवा बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech