२५ बैशाख २०८१, मंगलवार

कोहलपुर महोत्सव बहुआयामिक हुने घरेलु महासंघको दावि

विशुद्ध ब्यापारकालागि मात्र नभएर उद्योगहरुबाट निर्मित सामाग्रिहरु, कृषिका बिबिध बिधाहरुको प्रचार प्रसार गर्ने महोत्सव एक अवसर

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फाल्गुण ५ गते सम्म सञ्चालन हुने पाँचौ औधोगिक लघु,घरेलु तथा कषि, प्रबिधि ब्यापार महोत्सव बहुआयामिक महोत्सव रहने आयोजक घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले दावि गरेको छ ।

विशुद्ध ब्यापारकालागि मात्र नभएर साना भन्दा साना उद्योगहरुबाट निर्मित सामाग्रिहरु, कृषिका बिबिध बिधासंगै घरेलु हस्तकला काष्ठकला एबं नेपाली कपडाका स्टलहरुसंगै ब्यबस्थानले महोत्सवलाई आर्कषित गर्ने आज मंगलवार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा घरेलु महासंघले आफनो महोत्सव बहुआयामिक रहने दावि गरेका हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेम विक्रम जि.सि.ले महोत्सवमा आफना उत्पादनहरु बिक्रि हुनैपर्छ भन्ने छैन भन्दै आफुले उत्पादन गरेका सामाग्रिहरुको प्रचार प्रसार र प्रर्दशन गर्न पनि महोत्सवले उद्यमिहरुलाई फोरम प्रदान गरेको अवसरका रुपमा लिनुपर्ने बताए ।

”मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको” भन्ने आर्कषक नाराका साथ आयोजना हुने महोत्सवमा बिभिन्न बस्तु तथा सामाग्रिहरुका ३ सय देखि ३ सय पचास स्टलहरु रहने आयोजकले जनाएको छ । अपांग तथा जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा नि:शुल्क प्रबेश दिईनुका साथै यस पटक तीन वटा मञ्च निर्माण गरि अतिथी एबं बिशिष्ठ, अपांग तथा जेष्ठ नागरिक र आयोजक, पत्रकार र कलाकारहरुलाई छुट्टा छुट्टै आशन ग्रहण गर्ने स्थान तय गरिने आयोजकले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ ।

मंगलवार सम्म स्वतस्र्फुत रुपमा १३ स्टलहरु बुकिङ भईसकेको उल्लेख गर्दै घरेलु महासंघ कोहलपुरका महासचिव हिमलाल घिमिरेले ग्रामिण स्तरका किसानहरुको समेत स्टल राख्न आफुले चाहेको भन्दै स्थानिय सरकार र घरेलु कार्यालयको सहयोगमा उपलब्ध हुने नि:शुल्क स्टल लिन किसानहरुलाई समेत आव्हान गरेका छन ।

महोत्सवको अबधिभर १ घण्टाको टक शो कार्यक्रमको आयोजना गरि उक्त दिनको महोत्सवको अवस्थावारे प्रतिक्रिया लिने र अर्को दिन उक्त कुरालाई फिड ब्याककारुमपमा लिएर महोत्सवलाई सौम्य, शान्त र सौहार्द बनाउन चाहेको महासचिव घिमिरेको जिकिर रहेको छ ।

सुरक्षाका दृष्टिले सिसिटिभि सहित तीनवटा आपतकालिनद्धार रहने र अन्य सुरक्षा बन्दोवस्तकालागि नगर प्रहरी तथा सरकारी सुरक्षा निकायसंग समन्वय समेत भईरहेको भन्दै अध्यक्ष जि.सि.ले महोत्सवका नाममा मेला लगाउनेहरुले हिसाव किताव सार्वजनिक नगर्ने परिपाटिलाई घरेलु महासंघले चिरेको समेत स्मरण गरे ।

उनले यस अघिका महोत्सवबाट आर्जित रकमले संस्थाले आफनै स्वामित्वको जग्गा खरिद गरि भवन निर्माण गरेको स्मरण गराउदै आउदा मेला महोत्सवको पनि हिसाव सार्वजनिक गर्नुपर्ने आफुहरुले नैतिक दवाफको नजिर बसाल्न चाहेको बताए ।

थारु संग्राहलय, मगर संग्राहलय लगाएत स्थानिय लोपउन्मुख खाद्य बस्तुका स्टल स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने बताईएको महोत्सवमा २ लाख दर्शक भित्राउने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा घरेलु महासंघका केन्द्रिय सदस्य शेषकान्त शर्र्मा, लुम्विनी प्रदेश महासचिव जयस्वर पौडेल सुमन, जिल्ला अध्यक्ष मधु खडका, महिला उद्यमी समितिकी अध्यक्ष दिला कुमारि तिवारी, नगर समितिका सदस्य ईश्वर शर्मा, पदाधिकारी र तीन दर्जन बढि पत्रकारहरुको उपस्थिती रहेको थियो ।
हेर्नुहोस प्रेस बिज्ञप्ति

तस्विर: पुष्पराज हमाल

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech