२० बैशाख २०८१, बिहीबार

बैतडीमा जिप दुर्घटना:१ जनाको मृत्यु, ७ जना घाइते
  • न्युज मानसराेवर

बैतडी:बैतडीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छनन्। दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको छ। जिल्लाको दोगडाकेदार–२ कटौजपानीमा जिप दुर्घटनामा परेको हो।

सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौजपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech