२० बैशाख २०८१, बिहीबार

सहिद दिवसका अवसरमा कोहलपुरमा रक्तदान र दिपावली
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा वीर सहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर ११ स्थित नवनिर्मित आर एम अस्पताल परिसरमा रक्तदान गरिएको हो ।

बेटर बाँके र आर एम अस्पतालको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार केन्द्र कोहलपुर बाँकेको प्राविधिक सहयोगमा कोहलपुर जेसीज तथा जुनियर कोहलपुर जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ५९ जनाको सहभागिताबाट ५९ प्वाईन्ट रगत संकलन भएको बेटर बाँकेका उपाध्यक्ष संजय मण्डलले न्युज मान सरोवरलाई जानकारी दिएका छन ।

कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापा आर एम अस्पतालका सञ्चालक डा. सन्तोष चौधरी, जेसीजका मदन भण्डारि बेटर बाँकेका पदाधिकारी बिभिन्न रक्तदाता स्वास्थ्यकर्मि तथा समाजसेवीहरुको सक्रियतामा मानविय भावनाका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको बताईएको छ ।

 

यसैबिच अनेरास्ववियु क्रान्तिकारीले न्युरोड चोकमा दिपावली गर्दै सहिद दिवस मनाएको छ । मंगलवार बेलका न्यरोड चोकमा ”विर सहिद अमर रहनु” भन्ने नारा लेखांकन गर्दै दिप प्रज्वलन गरि सहिदको स्मरण गरिएको हो ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech