६ जेष्ठ २०८१, आईतवार

बैजनाथ महोत्सवमा रिमाल र त्रिपाठिलाई दर्शकहरुको यस्तो साथ
  • न्युज मानसराेवर

बैजनाथ,बाँके: लोकप्रिय गायिका रचना रिमालले प्रथम बैजनाथ महोत्सवमा आफ्नो चर्चित गीत गाउँदै दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएको आयोजकले न्युज मानसरोवरलाई बताएको छ । महोत्सवको मंगलबार सातौ दिन फोटो फिरिममा, बोलको गीतबाट आफ्नो प्रस्तुतीबाट सुरु गरेकी गायिका रिमालले आफुले बजारमा ल्याएका चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी हुन ।

गायिका रिमालले कहिले मिलन कहिले बिछोड, मया पिरिममा, मिनरल वाटर, उनको प्रीति, सम्झिनी पानी छम्किनी, तिमी पोख्रली म परे झापाली, लगायतका गीत मार्फत दर्शकहरुलाई नचाउन सफल भईन । महोत्सवलाई सफल बनाउन चर्चित उद्घोषिका तथा गायिका शोभा त्रिपाठिले विभिन्न गीत, साइरी मार्फत कार्यक्रमलाई थप रोचक बनाएकी थिईन भने महोत्सवमा आज मंगलवार दर्शकको उपस्थिति न्युन रहेको भएपनि उपलब्ध सहभागीहरुले रचना र त्रिपाठिलाई साथ दिएका थिए ।

भोली माघ १७ गते बुधवार चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर, टंक तिम्लसिना, गायिका जानकी तरामी मगर र डान्सर अस्मिता रणपाल लगाएत महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech