६ जेष्ठ २०८१, आईतवार

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । हिजोको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हरायो ।

सुपर सिक्सको समूह ए मा भारत र पाकिस्तानको समान ६–६ अंक भएको छ । समूह ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

  • १७ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech