६ जेष्ठ २०८१, आईतवार

बैजनाथमा ज्योती मगरको धमाकेदार प्रस्तुती (भिडियो)
  • न्युज मानसराेवर

बैजनाथ:ज्योती मगरले जारी प्रथम बैजनाथ महोत्सवको माहोलमा सरगर्मि बढाउदै आफनो धमाकेदार प्रस्तुती पस्किएकी छिन । अन्य दिनको तुलनामा दर्शकहरुको समेत अधिक उपस्थिती रहेको प्रथम बैजनाथ महोत्सवको आठौँ दिन आज ज्योती मगरले गित गाउदै स्टेज बाहिर आएपछि सामान्य रुपमा दर्शक दिर्घा अघिको बार समेत पल्टिएको थियो ।

आजको भीड अहिलेसम्मकै अत्याधिक रहेको महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिएका छन । आज चर्चित गायिक ज्योति मगर र गायक टंक तिमेल्सिनाको प्रस्तुती रहेको थियो । मनोरञ्जन दिलाएकोमा साँझपख ज्योति मगरको प्रस्तुतीमा दर्शकहरुले झनै मनोरञ्जन लिए । ज्योति मगरले करिव एक दर्जन गीत प्रस्तुत गर्दा महोत्सवको भीड उत्तेजित समेत वन्न पुग्यो । ज्योति मगरको प्रस्तुती र उनलाई हेर्नकै लागि आफुहरु आएको कतिपयले बताएका थिए ।

अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे । झण्डै आधा दर्जन गीतहरु मार्फत १ घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले अन्य दिनमा भन्दा लोकदोहोरी कार्यक्रमको समयलाई पछाडि सारेको थियो ।

ज्योति मगरकै कारण महोत्सवमा सहभागी दर्शकहरु महोत्सव स्थलमा उत्साहितका साथ युवायुवतीको उल्लेखनीय उपस्थित थिए । गायिका ज्योतिले लोक दोहोरी मार्फत पनि दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । यता स्टल ब्यबसायीहरुले पनि अन्य दिनको तुलनामा आज बुधवारको ब्यापार सन्तोषजनक रहेको बताएका छन ।

भिडियो

  • १७ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech