६ जेष्ठ २०८१, आईतवार

बैजनाथ महोत्सवमा गायिका एलिनाको धोकेबाज भेटिएपछि…….
  • न्युज मानसराेवर

बाँके,बैजनाथ : बैजनाथमा जारी प्रथम बैजनाथ महोत्सवमा दिनहुँ कलाकारको प्रस्तुती चलिरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समितिको आयोजनामा सुरु भएको महोत्सवको नवौं दिनमा पनि कलाकारको बेजोड प्रस्तुती भएको हो ।

प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको विशेष प्रस्तुती भइरहेको छ । दैनिक रुपमा हजारौं दर्शकहरुले महोत्सव अवलोकन गर्दै आएको आयोजको भनाई छ ।

स्थानीय कलाकारहरुको समेत बिहीबार विशेष प्रस्तुती रहेको महोत्सवका प्रचार प्रसार संयोजक सुमन विश्वकर्माले जानकारी दिए । महोत्सवमा बिहीबार चर्चित लोकप्रिय गायिका एलिना चौहानले आफ्नो बेजोड प्रस्तुती दिइन् । चौहानले बजारमा चर्चित भएका गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिएकी थिइन् ।

भर्खरै बजारमा आएको ‘कट्टा हान्दिन्छु,’ भन्ने गीत उनले  सुनाइन् । उक्त गीतमा दर्शकहरु झुमेका थिए । उनले  बहुचर्चित गीत ‘धोकेबाज हौं तिमी’ सुनाइन् । यसैगरी ‘मिनिरल वाटर’, ‘यो भाग्यमा खोट छ’ लगायत चर्चित गीत प्रस्तुत गरिन् ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech