६ जेष्ठ २०८१, आईतवार

बद्री पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ (भिडिओ)
  • न्युज मानसराेवर

काठमाडौं: बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको चोली फेर्ने मायाको म्युजिक भिडिओ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडिओ सार्वजनिक गरिएको हो।
सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, सेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे। उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे।

कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए। लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताए। कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरूबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए।गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech